९ महिनामा चीनको जीपीडी ६ दशमलव २ प्रतिशतले बढ्यो
(एजेन्सी) चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) ९ महिना थर्ड क्वाटरमा ६ दशमलव २ ले बढेको छ । चीनको राष्ट्रिय तथ्यांक विभागले शुक्रवार देखाए अनुसार सन् २०१९ अर्थात यस वर्षको जनवरीदेखि सेप्डेम्बर महिनासम्म जीडीपी ६ दशमलव २ प्रतिशतले बढेको हो ।
त्यस्तै यही समयमा त्यहाँको स्थिर सम्पत्ति लगानी पनि ५.४ प्रतिशत बढेको जनाइएको छ । चीनको एक महत्वपूर्ण आर्थिक सूचक औद्योगिक उत्पादन पनि ९ महिनामा ५ दशमलव ६ प्रतिशतले विस्तार भएको छ ।
सिन्ह्वाले जनाए अनुसार चीनको उपभोक्ता सामानको खुद्रा बिक्री ८ दशमलव २ प्रतिशतले बढेको छ । त्यस्तै चीनमा सम्पत्ति विकासमा १० दशमलव ५ प्रतिशतले लगानी बढेको छ । चीनको औद्योगिक क्षमता उपयोग दर भने दोस्रो क्वाटर अर्थात दोस्रो त्रैमासिकै अवस्थामा स्थिर छ । सन २०१९ को दोस्रो क्वाटरमा औद्योगिक क्षमता उपयोग दर ७६ दशमलव ४ प्रतिशत रहेको थियो ।