महाकालीमा पानीको बहाव बढेपछि,चारपांग्रे सवारी सञ्चालनमा रोक
काठमाडौं : महाकाली नदीमा पानीको बहाव बढेपछि सोमवार विहानै देखि वनवसा पुलमा चार पांग्रे सवारी सञ्चालनमा रोक लगाएको छ। जिल्ला आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार दिउसो १० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख २७ हजार ६७२ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
भारत तर्फ जाने नहर सफा गर्नका लागि पानी नदीमा छोडदा पानीको बहाव बढेको बताईएको छ। पुलमा पैदल यात्रु साईकल र मोटरसाईकल चालकका लागि भने सञ्चालन गरिएको छ।
रासस