सगरमाथालाई सगरमाथा, गैंडालाई गैंडा भनौं’: प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली प्रायः भाषणमा उखान टुक्का प्रयोग गरेर हसाउँने गर्छन् । केही वर्षअघि प्रधानमन्त्री ओलीले गैंडा नै नभएको देशमा गैडालाई ‘राइनोज’ भनिएको भन्दै गैंडालाई गैंडा नै भन्नुपर्ने बताएर सबैलाई हसाएका थिए ।
यही प्रसंग प्रधानमन्त्री ओलीले सोमबार दोहो¥याएका छन् । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति असन्तुष्टि जनाए । करिब चार सय विदेशी पाहुनाको अघि प्रधानमन्त्रीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज।’ उनले सगरमाथालाई पनि ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै भनिदिन पनि आग्रह गरे ।
सोमबारदेखि सुरु भएको सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
रासस