बझाङको बुङगल नगरपालीकामा साथी घर जान्छु भन्दै हिडेकी एक युवती मृत फेला
बझाङ १७ असार । बझाङमा गए राती करबि ११ बजे तिर साथी घर जान्छु भन्दै हिडेकी बुङगल नगरपालीका वडा नँ २ की अन्ताजी २० बर्षीया ललीता कुमारी धामी मृत अवस्थामा भेटिएकि छिन ।
मृतक धामीको सव बुगल नगरपालीका वडा नँ २ को ताडका बगरमा उनको सब भेटिएकोे स्थानीयले बताएका छन । सो घटनाको बिषयलाई लिएर त्याहाँका स्थानीयहरुले टिप्परले ठक्कर दिएको हुन सक्ने आसंङका गर्दै दुई ओटा टिप्परमा तोडफोड समेत गरेको बताएको छ ।
उत्त घटना स्थलमा प्रहरी पुगिसकेको र घटनाको वारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।मृतक धामी महेन्द्र उच्च माबीमा कक्षा १२ मा अध्यानरत हुनुहुन्थ्यो ।