ठमेलबाट पक्राउ परेका १० जना बङ्गलादेशीमाथि अनुसन्धान गरिँदै
काठमाडौँको ठमेलबाट पक्राउ परेका १० जना बङ्गलादेशी नागरिकबारे अध्यागमन विभागले अनुसन्धान थालेको छ । प्रहरीले सोमबार काठमाडौँ–२६ स्थित ठमेल क्षेत्रका होटलहरुबाट पक्राउ गरेर बङ्गलादेशी नागरिकहरूलाई अध्यागमन विभागमा पठाएको थियो।
शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचना पाएपछि १० जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापा क्षेत्रीले बताए ।