रुकुम पश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु; नौ घाइते
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
कोटगाउँबाट सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको हो। दुर्घटनामा चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ।
जिपमा ११ जना सवार थिए। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।