काठको मुढाले च्यापिएर बालकको मृत्यु
काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो।
सर्केगाड–८ स्थित निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढाको भेडा चराउन गएको बेला काठको मुढाले च्यापिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।
काठ चिरान गर्ने क्रममा सर्केगाड–८ का धनविर सार्की र सोही ठाउँका सुकविर सार्कीले काठको मुढा पल्टाउने क्रममा बालक बुढा मुढाले च्यापिएका थिए।
उनको घट्नास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए। धनविर र सुकविरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।