यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, नागरिकलाई तत्काल फर्किन आग्रह
संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हालको क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। अब यूएईका नागरिकहरूले यी तीन देशको यात्रा गर्न पाउने छैनन्।
त्यसैगरी, यी तीन देशमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल स्वदेश फर्किन पनि यूएई सरकारले आग्रह गरेको छ।
सरकारी विवरणअनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। यूएईले स्थिति निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप निर्देशन जारी गर्ने जनाएको छ।