सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको छ।
हिजो बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ८२१ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।