स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ९४ हजार ५०० र चाँदीको मूल्य चार हजार ८९५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।
यो मूल्य हिजोको भन्दा सुनमा सात हजार ८०० र चाँदीमा ११५ ले कम हो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य पाँच हजार १० रहेको थियो। गत बुधबार सुन प्रतितोला तीन लाख सात हजार ७०० र चाँदी पाँच हजार १५ मा कारोबार भइरहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ७०० अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।