एनपीएल: चितवन राइनोजले टस जितेर फिल्ड रोज्यो
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिले फिल्ड रोजेपछि कर्णाली याक्सले पहिलो इनिङ्समा ब्याटिङ सुरू गरेको छ।
आजको खेलमा दुवै टोली उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदान अवतरण गरेका छन्।