नेत्रहीन टी–२० विश्वकपको फाइनलमा नेपालको पहिलो ब्याटिङ
कोलम्बो – नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा नेपालले भारतविरुद्ध पहिलो ब्याटिङ गर्दैछ। श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्ड रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो।
भारत र श्रीलंका संयुक्त रूपमा आयोजना गरेको यो पहिलो नेत्रहीन महिला टी–२० विश्वकपको उपाधिका लागि नेपाल र भारत आज आमनेसामने छन्। पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ९ विकेटले हराउँदै उपाधि भिडन्त सुनिश्चित गरेको थियो।