टी-२० सिरिजमा मलेसियाले नेपाललाई दियो ११२ रनको लक्ष्य
टी– २० सिरिजअन्तर्गत चौथो खेलमा मलेसियाले नेपाललाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको हो ।
मलेसियाकी मास एलिसाले अर्धशतक प्रहार गरिन् । जारी सिरिजमा मलेसिया २–१ ले अगाडि रहेको छ ।