दोस्रो मैत्रीपूर्ण खेलमा आज भारतसँग खेल्दै नेपाल
भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल खेल्दैछ ।
खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।
त्यसैले आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ । दुई छिमेकी प्रतिद्वन्दी नेपाल र भारत अन्तिम खेल जित्दै सुखद रुपमा यो प्रतियोगिता सकाउन चाहन्छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारि साम्बाले भारत विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।