नेपाल भियतनामसँग पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटमा भियतनामसँग पराजित भएको छ ।
नेपाली टोली मंगलबार भएको खेलमा भियतनामसँग १–० गोल अन्तरले पराजित भएको हो ।
थोङ नाथ मैदानमा भियतनामले पहिलो हाफमा पाएको आत्मघाती उपहार नै आजको खेलमा जित निकाल्यो ।
खेलको पाँचौँ मिनेटमा नेपालका सुमन श्रेष्ठले आत्मघाती गोल गरे । नेपाल पहिलो खेलमा भियतनामसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
आजको खेल नेपालका लागि घरेलु मैदानमा खेल्नु पर्ने खेल थियो । तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशाला एएफसीले अयोग्य भनेपछि होम म्याच पनि भियतनाममा खेलेको हो ।