एनपीएलमा विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित्र त्रिवि मैदानमा टस जितेर विराटनगर किंग्सले सुरुमा बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् । सुदूरपश्चिम मंगलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलको पहिलो खेल खेल्दैछ । विराटनगर भने उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो।