एनपिएल: जनकपुरविरूद्ध कर्णालीले जित्यो टस
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ।
खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ। दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडी मध्येमा पर्छन्।
कर्णाली याक्समा आबद्ध धवन एनपिएल खेल्न शुक्रबार साँझ भारतबाट नेेपाल आइपुगेका थिए। नेपाल आइपुगेपछि उनले नेपालका स्थानीय खेलाडीसँग खेल्न आफू उत्साहित भएको बताएका थिए।
जनकपुरको कप्तान अनिलकुमार साह छन्। उनीसँगै आसिफ शेख, ललित राजवंशी टोलीमा छन्। शनिबार विराटनगरलाई हराउँदा योगदान गरेका लाहिरू मिलान्था र हर्ष थाकरले पनि जनकपुरमा प्रभाव पार्नेछन्।