एसिसी महिला यू-१९ एसिया कपमा श्रीलंकाविरूद्ध पहिले बलिङ गर्दै नेपाल
एसिसी महिला यू-१९ महिला एसिया कपअन्तर्गत सुपर-४ को खेलमा नेपालले श्रीलंकाविरूद्ध टस जितेको छ। पौने १२ बजे मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने भएको छ।
यसअघि समूह ‘ए’ को उपविजेताको रुपमा नेपाल सुपर-४ मा पुगेको थियो। समूहमा नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाले रद्द हुँदा अंक बाडेको थियो।
नेपालले सुपर-४ मा श्रीलंकासँग खेलेपछि बंगलादेशसँग दोस्रो खेल खेल्नेछ। सुपर-४ का शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ।
सुपर-४ मा नेपाल ३ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानको भारतको ५ अंक छ भने दोस्रो स्थानको बंगलादेशको ४ अंक छ। भारत र बंगलादेशले सुपर-४ को एक एक खेलिसकेका छन्।