सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई दियो १२४ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार जारी पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय २४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले ३३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले ३७ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।
विनोद र सेफ अली जेबले ओपनिङ विकेटका लागि ५५ रनको साझेदारी गरे । सेफ अली जेबले पनि टोलीको खातामा २१ रन थपे । उनले २१ बलको सामना गरी दुई छक्का पनि हिर्काए ।