आइसिसी विश्वकप लिग-२ मा आज नेपाल क्यानडासँग खेल्दै
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे खेल सुरू हुनेछ।
लिग-२ अन्तर्गत ओमान र क्यानडाविरूद्धको त्रिकोणात्मक सिरिजि खेल्न भदौ २५ गते नेपाली टोली प्रस्थान गरेको थियो। त्रिकोणात्मक एकदिवसीय सिरिज असोज १० गतेसम्म चल्नेछ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्नेछ।
असोज ६ गते फेरि क्यानडासँग र असोज ८ गते पुनः ओमानसँग खेल्नेछ। एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ।
त्रिकोणात्मक टी-२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।
लिग-२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०:३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।
तालिकाअनुसार लिग-२ नेपालले २७ अक्टोबरमा (कात्तिक ११) अमेरिकासँग, २९ अक्टोबरमा (कात्तिक १३) स्कटल्यान्डसँग, २ नोभेम्बरमा (कात्तिक १७) फेरि अमेरिकासँग र अन्तिम खेलमा ४ नोभेम्बरमा (कात्तिक १९) स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।
लिग-२ को एकदिवसीय सिरिज पछि तीनै टोलीबीच टी-२० सिरिज हुनेछ। लिग-२ मा अहिलेसम्म नेपालले पहिलो सिरिजको चार खेल खेलेको छ।
जसमा नेपालले एक खेलमा मात्र जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।