क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप क्रिकेट खेलमा समावेश हुने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्ट इन्डिजमा हुने खेलमा समावेश हुने भएका छन् ।
अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्ट इन्डिजमा हुने २ वटा खेलमा नेपाली टोलीबाट मैदानमा उत्रिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो। नेपालले वेष्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
दुवै खेलमा सन्दीप सहभागी हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका हुन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाई दिएसँगै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरी अन्तिम नामावली आईसीसीलाई बुझाएको क्यानले सोमाबार बिहान एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।