देशमा विकास हुन नदिन कांग्रेसले स्यालहुँइया मच्चाएको अध्यक्ष ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाउनुभएको छ ।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उहाँले आरोप लगाउनुभएको हो । देशका लागि काम गर्न नदिन कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको उहाँले आरोप लगाउनुभएको छ ।
उहाँले राम्रो काम गर्न नदिन अनर्गल प्रचार-प्रसार गरिरहेको बताउनुभयो । पशुपतिमा १ सय ८ केजी सुन भनेर पित्तल चढाए र कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्ने कता गए भन्दै उहाँले प्रश्न समेत गर्नुभएको हो ।
कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरीबन्धु टि- स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उहाँको अरोप छ । एमालेभित्र एकताका लागि ठाउँ रहेपनि फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको उहाँले बताउनुभएको हो ।
मिसन २०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याएर देशको विकास गर्ने अध्यक्ष ओलीको दावी छ ।