संघीय संसदको सुशासन र विधायन समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आइतबार बिहान बस्दैछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आइतबार बिहान ८ बजेदेखि समितिको बैठक कक्ष सिंहदरबारमा शुरु भएको हो । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक आइतबार दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने भएको हो । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।