सरकारले विपदका लागि गरेको पूर्वतयारी सन्तोषजनक छैन्: सांसद भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारको विपद पूर्वतयारी सन्तोषजनक नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाने र त्यसको असर आममानिसहरुमा परिरहेको बताउनुभएको हो ।
सांसद भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो र चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालामा मृत्यु हुने गरेको बताउनुभएको छ । सरकारले सोही विषयमा गम्भीरताका साथ व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।