बजेटप्रति असन्तुष्टि होइन, तर छलफल गरेको भए अझ राम्रो हुन्थ्यो: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बजेटप्रति असन्तुष्टि नभएको बताउनुभएको छ ।
तर छलफल गरेको भए अझ राम्रो हुन्थ्यो भनेर उहाँले टिप्पणी गर्नुभएको हो । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीको यस्तो भनाइले अर्थमन्त्री वर्षमान पुनले बजेट तर्जुमाका क्रममा सत्ता गठबन्धनको प्रमुख साझेदार दल एमालेसँग राम्रोसँग छलफल नगरेको रुपमा अर्थ्याइएको छ।
अध्यक्ष ओलीको भनाइले बजेटप्रति एमालेको असन्तुष्टि घुमाउरो पारामा व्यक्त भएको टिप्पणी गरिएको हो। संसदमा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरु भएको छ।