भलिबलका लागि आवासीय कभर्ड हल बनाउनेछु: खेलकुदमन्त्री श्रेष्ठ
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताउनुभएको छ ।
शनिबारबाट काठमाडौंमा शुरु भएको ८ औं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आगामी आर्थिक वर्षमा भलिबलका लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको उहाँले बताउनुभएको छ ।
नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको उहाँको तर्क रहेको थियो । भलिबलका लागि राम्रो कभर्ड हल बनाउने चुनौती अहिले रहेको पनि उहाँले बताउनुभयो । खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभएको छ ।