जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा ८ जना उत्तीर्ण
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ।
आयोगले प्रकाशन गरेको सूचना अनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा ८ जना लिखित परीक्षामा उत्तीर्ण भएका हुन्। लोकसेवा आयोगले २०८१ साल वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा २ सय ३ जनाले परीक्षा दिएका थिए। जसमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा ८ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन्।
खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाई र वसन्तराज जोशी उत्तीर्ण भएका हुन् । आन्तरिक खुलामा अन्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी ४ जना छन्। आदिवासी जनजाति तथा खुलामा नीतिज राई उत्तीर्ण भएका हुन्।
न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ। आयोगले आन्तरिक खुलामा २१, खुलामा १२, महिला ४, आदिवासी जनजाति २, मधेसी २, दलित १ र अपांग १ जना गरी ४३ जनाको विज्ञापन गरेको थियो।