बागमतीसहित ४ प्रदेशमा आज पनि मेघगर्जन/चट्यांग र मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशको पूर्वीभू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
बाँकी भू-भागमा भने स्थानीय वायु-पश्चिमी वायु र भारतको बीहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको हो ।
शनिबार बिहान कोशी, मधेश, बागमती प्रदेश र देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको हो । कोशी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ । त्यस्तै, कोशी, बागमती, मधेश, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना महाशाखाले जनाएको हो ।
शनिबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो । कोशी, बागमती, गण्डकी, मधेश प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।