प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्ष बार्टरबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री दाहालको कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग,२ मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।
सोही भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुशी व्यक्त गर्नुभयो। नेपाल-चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ नाका सञ्चालनमा ल्याउने र महत्त्वपूर्ण सम्झौता कार्यान्वयन हुँदै गएकोमा चीन सरकारलाई प्रधानमन्त्री दाहालले धन्यवाद दिनुभयो ।
चीन र नेपालबीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने बारेमा दुई पक्षबीच छलफल भएको छ ।