किंग्स कप फुटबलको उपाधि अल हिलालले जित्यो
काठमाडौं । किंग्स कप फुटबलको उपाधि साउदी प्रो लिग च्याम्पियन अल हिलालले जितेको छ ।
शुक्रबार राति भएको खेलमा अल नासरलाई सडन डेथमा ५–४ गोलले पराजित गर्दै अल हिलालले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको ३० मिनेटमा दुवै तर्फबाट कुनै गोल नहुँदा खेल टाइब्रेकर हुँदै सडनडेथमा पुगेको हो ।
अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गरेको छन् । अल नासरका लागि रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले गोल गरेका हुन् ।
त्यस अघिको निर्धारित समयमा अल हिलालका एलेक्सान्दर मित्रोभिच र अल नासरका एमन अहमेदले एक–एक गोल गरेका थिए ।