कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच बिहीबार भेटवार्ता भएको छ ।
भेटका क्रममा मेयर साहसँग कांग्रेस सांसद पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव, समग्र महानगर, काठमाडौं क्षेत्र-५ को विषय र महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति-कार्यक्रम तथा बजेटको बारेमा छलफल गर्नुभएको हो ।
चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल ३ तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा सक्नु पर्ने विषयमा उनीहरूबीच छलफल भएको छ ।
महानगरको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताका बारेमा छलफल भएको हो ।