मध्य र पश्चिम तराईमा आगामी असार २ गतेसम्म गर्मी हुने
काठमाडौं । मध्य र पश्चिम तराईमा आगामी असार २ गतेसम्म नै गर्मी हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार साँझ बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो। पूर्वी नेपालमा मनसुन भित्रिए पनि पछिल्लो केही दिनदेखि तराई लगायतका क्षेत्रमा प्रचण्ड गर्मी भएको छ।
भारी वर्षाले पूर्व र गर्मीले तराईको जनजीवन प्रभावित भएको हो। काठमाडौंमा पनि बढी गर्मी महशुस भइरहेको छ।