देशका ४ प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशको पूर्वी-भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
साथै बाँकी भू-भागमा भने स्थानीय वायु-पश्चिमी वायु र भारतको बीहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको हो।
शुक्रबार बिहान कोशी प्रदेशमा साधारणतया बदली, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको हो । कोशी र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र मधेश प्रदेशसहित देशका बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
शुक्रबार राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो । कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।