संसदीय छानबिन विशेष समितिले कार्यविधि पारित गर्यो
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ ।
सोमबार बसेको छानबिन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको समिति संयोजक सूर्य थापाले बताउनुभएको हो । विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइसकेको छ ।
आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापन लगायतका निकायसँग समितिले छलफल गर्ने उहाँले बताउनुभयो । सहकारी प्रकरणमा सम्बन्धीत व्यक्तिसँग सोधपुछ गर्ने र थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्ने उनको भनाइ छ ।
गत जेठ १५ मा सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले ३ महिनाभित्र कार्यसम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।