प्रधानमन्त्री कप भलिबलमा महिलातर्फको उपाधि पुलिसले जित्यो
काठमाडौं । ८ औं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार सम्पन्न भएको फाइनल खेलमा पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३-२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५-२१, २५-२३, २०-२५, २०-२५ र १५ -१२ को सेटमा पराजित गरेको छ ।
पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमाएकोे हो । पाँचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि जितेको छ ।