बागमतीसहित ३ प्रदेशमा आज मेघगर्जन/चट्यांग र हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशको पूर्वीभू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
साथै बाँकी भू-भागमा भने स्थानीय वायु-पश्चिमी वायु र बीहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको हो।
बुधबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको हो । त्यस्तै, कोशी प्रदेशको केही स्थानमा हल्का वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी, बागमती,गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
बुधबार राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।