सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशतातर्फ उन्मुख: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशतातर्फ उन्मुख रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले सत्ता गठजोडले देखाएको रवैया निरंकुशता उन्मुख र अनुदारवादी रहेको बताउनुभयो । उहाँले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताउनुभएको छ ।
प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने उहाँको तर्क थियो । प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नभएको उहाँले बताउनुभयो । कांग्रेसले अहिले लिएको अडान आमसर्वसाधारण नागरिसँग जोडिएको उहाँको भनाइ छ ।
सरकारलाई झक्झक्याउने समय आएको पनि महामन्त्री थापाले बताउनुभयो ।