सहकारी प्रकरणमा छानबिन समिति बनाउन प्रमुख दलका शीर्ष नेता तयार, ठोस सहमति भने हुन सकेन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गर्नुभएको प्रमुख दलका शीर्ष नेताहरूको बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नेमा सबैको जोडबल देखिएको हो। बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मूलभूत रुपमा जुन कुरा उठेको र त्यसको सम्बोधन गर्ने गरी समिति गठन हुनुपर्छ भन्नेमा सबै तयार भएको बताउनुभयो ।
मूल विषयलाई सम्बोधन गरेर नै टुंग्याउने उहाँको भनाइ छ । तर सोही बैठकमा संसदीय छानबिन समितिमा उपप्रधान एवं गृहमन्त्री रव लामिछानेको नाम राख्ने नराख्ने बारेमा भने ठोस निर्णय दलहरूले गर्न सकेनन् ।
उहाँले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि भएको धरपकडको बारेमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको पनि बतानुभएको हो । उहाँले भन्नुभयो,-'अध्यक्ष सिरोहियालाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौं । गम्भीर ध्यान आकृष्ट भएको छ भनेर कुरा उठायौं भनेर कुरा उठायौं।'