कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरमा पुर्याइयो
काठमाडौं । दोहोरो नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले जनकपुरधाममा पुर्याएको छ ।
सिरोहियालाई स्थलमार्ग (वीपी राजमार्ग) बाट धुलिखेल र सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम पुर्याइएको हो । सिरोहियालाई बुधबार बिहान ५ बजेर ५० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय धनुषामा पुर्याइएको छ ।
मंगलबार साँझ कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट फक्राउ परेका अध्यक्ष सिरोहियालाई प्रहरीले सिधै धनुषा लगेको हो ।