‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८०’ का लागि आवेदन आह्वान
काठमाडौं । मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८०’ का लागि दरखास्त आह्वान गरेको छ ।
फाउन्डेसनले आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेश गर्न आह्वान गरेको हो । फाउन्डेसनले जारी गरेको सूचना अनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि विभेदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पुर्याएका एक जनालाई पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारको राशि १ लाख र प्रमाणपत्र रहेको हो । मदन भण्डारी जन्म जयन्तीका दिन असार १४ गते प्रदान गरिने भएको छ । सोही फाउन्डेसनले २०६८ सालदेखि समाजमा विशेष योगदान गरेका व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको हो ।