कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाको अदालतभित्र बयान, बाहिर समर्थक र प्रहरीबीच झडप
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बुधबार जिल्ला अदालत धनुषाभित्र बयान दिइरहँदा बाहिर सडकमा भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका हुन् ।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रदर्शनकारीसँग झडप भएको हो ।
जिल्ला अदालत परिसरबाहिर तरुण दल, नेपाल विद्यार्थी संघ र स्थानीय उद्योगी व्यवसायी लगायतले नाराबाजी जारी राखेका छन् ।