नेपाल र युएईबीचको विश्वकप छनोट खेल जेठ २४ गते साउदी अरबमा हुने
काठमाडौं । दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईबीचको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ ।
यहि जेठ २४ गते नेपाल र युएईबीच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको हो । दशरथ रंगशालाको संरचना र भौतिक पूर्वाधारको विषयमा एसियाली फुटबल महासघंले प्रश्न उठाएपछि घरेलु मैदानमा हुने भनिएको प्रतिस्पर्धा साउदीमा हुन लागेको छ ।
फुटबल महासंघले मैदानको अवस्था, फ्लडलाइट, समग्र प्राविधिक र भौतिक सुरक्षामाथि नै प्रश्न उठाएपछि खेल हुन नसकेको हो। जेठ २४ गते हुने खेल साउदीको दमामामा रहेको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समय अनुसार साँझ ७ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।