संघीय संसदका शिक्षा र विधायन समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका २ वटा संसदीय समितिको बैठक बुधबार बस्ने भएको छ ।
बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।
सोही बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने सम्भावित कार्यसूची रहेको हो ।
त्यस्तै, बुधबार बिहान ११ बजे नै सिंहदरबामा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।