कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियालाई अदालति प्रक्रियाबाट नै पक्राउ गरेको प्रधानमन्त्री दाहालको दावी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालति प्रक्रियाबाट नै पक्राउ गरेको बताउनुभएको छ ।
बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालति प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले सोही विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि बताउनुभएको छ । अध्यक्ष सिरोहियासँग सरकारको कुनै शत्रुता नरहेको बताउदै उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमा लाग्नुभएको भन्ने कुरा हल्ला मात्रै भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले अदालति प्रक्रियाबाट अध्यक्ष सिरोहिया निर्दोष भएमा सहजै छुट्ने बताउनुभएको छ ।