बागमतीसहित ५ प्रदेशमा आज भारी वर्षा र हावा-हुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु-पश्चिमी वायु र बीहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । साथै बाँकी भू-भागमा भने मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। त्यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
बिहीबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ । बागमती, कोशी गण्डकी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो। त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
बिहीबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ।