गृहमन्त्री रविले लगाएको आरोपको बारेमा कांग्रेसले प्रधानमन्त्री दाहालसँग जवाफ माग्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा लगाएको आरोपको बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका नेता तथा सांसदहरुमाथि लगाएको आरोपको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको हो ।
सोही बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भएको धरपकडको बारेमा पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।
अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरेको, आतंकित गर्ने काम भयो, त्यो कुरामा कांग्रेस गम्भीर भएको र गम्भीर ध्यान आकृष्ट भएको छ भनेर कुरा उठाएको प्रमुख सचेतक लेखकले बताउनुभएको छ ।