कांग्रेसले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
कांग्रेसले प्रतिनिधि सभा बैठकमा शुक्रबार पनि अवरोध गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस लगातार सदन अवरुद्ध गर्दै आएको छ ।
शुक्रबार बसेको बैठकमा पनि कांग्रेस सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गर्नुभएको छ ।प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते आइतबार ११ बजे बस्ने भएको हो ।