१२ बुँदे माग बोकेर २३ जनाको समूह पानी माग्दै मधेशदेखि पैदल हिंडेर २५ औं दिनमा आज काठमाडौं आइपुग्यो
काठमाडौं । मधेश प्रदेशदेखि पैदल हिंडेर चुरे संरक्षणको माग गर्दै १२ बुँदे माग बोकेर २३ जनाको सर्वसाधारणको एउटा समूह बिहीबार काठमाडौं आइपुगेको छ ।
चुरे अत्यधिक दोहनका कारण वनविनाश हुँदा मधेश प्रदेशसहित तराईका जिल्लामा पानीको हाहाकार भएका महिलाहरूसहितको एउटा समूह संघीय सरकारलाई झकझकाउन आएको हो । चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा निस्किएको २३ जनाको टोली २५ औं दिनमा बिहीबार काठमाडौं आइपुगेको हो ।
उनीहरू गत वैशाख १७ सप्तरीबाट पैदल यात्र शुरु गरेर २५ औं दिनमा काठमाडौं आइपुगेपछि अहिले माइतीघर मण्डलमा धर्ना बसेका छन् । गत वर्ष पनि यहि मागसहित उनीहरू ११ दिन हिंडेर काठमाडौं आइपुगेका थिए ।
त्यसबेला भएको सहमति सरकारले पालना नगरेपछि आफूहरू फेरि आन्दोलनसहित झकझकाउन आइपुगेको उनीहरूले बताएका छन् ।