सहकारी प्रकरण: टीओआर टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं । सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै शुक्रबार हिहान पनि बस्ने भएको छ ।
समितिको कार्यादेश तय गर्न गठित कानूनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलको बैठक शुक्रबारबिहान साढे ८ बजे सिंहदरबारस्थित कानून मन्त्रालयमा बस्ने भएको हो ।
बिहीबार बसेको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि शुक्रबार बिहान पुनः बैठक बस्न लागेको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ ।