कान्तिपुरका अध्यक्ष सिरोहियाको गृहमन्त्री लामिछानेलाई चुनौती: 'तपाई विरूद्ध पनि २ वटा राहदानीको मुद्दा छ'
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर लैजाने क्रममा मंगलबार साँझ अध्यक्ष सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधको स्वरुप आफूसँग रिस साँधेको बताएका हुन् । अध्यक्ष सिरोहियाले गृहमन्त्री लामिछानेलाई चुनौती दिंदै उनका पनि २ वटा राहदानी र सहकारी ठगी सम्बन्धी मुद्दा रहेकाले पालो बताएका छन् ।
सिरोहियाले गृहमन्त्री लामिछानेको नाममा राहदानी सम्बन्धी मुद्दामा भोलि नै पक्राउ पूर्जी जारी हुनेमा आफू विश्वस्त भएको बताएका हुन्। सत्ता र शक्तिको दुरूयोग गरिएको बताउँदै अध्यक्ष सिरोहियाले गृहमन्त्री लामिछानेलाई चुनौती दिएका छन् ।
आफूमाथिको धरपडकडलाई उनले सञ्चार माध्यममाथिको आक्रमणको संज्ञा दिएका हुन् । सहकारी ठगीको समाचार लेखेकाले आफूमाथि धरपकड गरिएको अध्यक्ष सिरोहियाले आरोप लगाएका छन् ।